Thursday, December 31, 2015

पायल्स रोगबाट कसरी बच्ने ?( How to cure from Piles?)

डा. यञ्जन गैह्रेको सल्लाहा अनुसार ध्यान दिनुपर्ने कुराहरु…
– डा. यञ्जन गैह्रे
पायल्समा (piles) ध्यान दिनुपर्ने कुराहरु
– प्रशस्त पानी पिउने (१ घण्टा = १ गिलास)।
– हरियो सागपात काँचै खाने, फलफूलको जूस र फलफूल खाने, चोकर सहितको गहुँको पिठो, रोटी, ब्राउन राइस, रहर तथा मुंगको दाल खाने ।
– दैनिक ४५ मिनेट–१ घण्टा हलुका पसिना आउने गरेर शारीरिक व्यायाम गर्ने जस्तैः योग/आसन, रिड व्यायाम, (aerobic exercise) अंग व्यायाम आदि ।
– हप्तामा एक पटक आवश्यकता अनुसार पेट सफा गराउने (एनिमा लिने) र कब्जियत हुन नदिने । शरीरले पचाउन सक्ने गरी मात्र खाना खाने ।
– चिल्लो, पिरो, तारे–भुटेको, मसालेदार परिकार नखाने । शौचालय गईसकेपछि वा सुत्नु अघि तोरी/जैतुनको तेल गुहद्वारमा लगाउने ।
– धुम्रपान, रक्सी, ब्राण्डी, सुर्ती जर्दा जस्ता चिजको सेवन नगर्ने ।
के खाने ?
गहुँको चोकर सहितको रोटी , जौ, पुरानो चामल, रहर, मुंगको दाल, केरा, अमला , गाजर, पालुँगो, मूला, करेलाको रस , धनियाका रसमा मिस्रि मिलाएर खाने । पानी धेरै पिउने । हरियो सागसब्जी, सलाद आदि खाने ।
के नखाने ?
तातो, पिरो, मसालेदार, बासी खाना, मासु, अमिलो, आलु, सखर, डिब्बा बन्द परिकार, चिया, कफी, रक्सी, चुरोट, ब्राण्डी, आदि नखाने ।
पायल्समा भोजन एंव पोषण तालिका :
बिहान ५.३० बजे : पानी २ गिलास, लसुनको केशरा २, ३ वटा खाने ।
७.०० बजे : मुनक्का या छोहरा ५० ग्राम (७ छण्टा पानीमा भिजाईएको ) खाने ।
बिहान १०.११ बजे : रातो चामलको भात १०० ग्राम : दाल १० ग्राम (अंकुरित मुङ्ग, मेथि, चना, सबभन्दा राम्रो) ।तरकारी ३०० ग्राम जस्तै सिजन अनुसारको परवर, लोका, करेला, घिरौला हरियो सागसात मेथी, चम्सुर, बेथे, खादि प्रशस्त खाने । सलाद २०० ग्राम जस्तै काक्रो, गाँजर, मुला, चुकन्दर, आदि काँचो खानमिल्ने खानेकुराहरु ।
दिउँसो ३.०० बजे : कुनै एक
– गहुँको सुख्खा रोटी १ वटा र तकारी १ प्लेट –फापर, कोदो, मकैको रोटी पनि खान सकिन्छ, अथवा हरियो मकै उसिनेर सानो १ कचौरा या भुटेको मकै फलफूल २०० ग्राम स्याउ, मौसम, सुन्तला, अनार मध्ये कुनै एक खाने ।
बेलुका ८.०० बजे: गहुँको सुख्खा रोटी २, ३ वटा । तरकारी, चट्नी बिहानको जस्तै (बेलुका दाल नखाने)
नोट : पानी दिनभरीमा ३ देखि ४ लिटर सम्म पिउने । हरियो सागपात, फलफूल, तरकारीहरुको प्रशस्त प्रयोग गर्ने। खाना राम्रोसँग चपाएर खाने, नुन र चिल्लो कम खाने ।
नोटः- रोगी हुनु भन्दा पहिले नै प्राकृतिक उपचार र जीवनशैली परिवर्तनबाट निरोगी रहौं । खानामा रोटी, भातको मात्रा २०/४०% र हरियो सागसब्जी+सुपको मात्रा ६०/८०% हुनु जरुरी छ ।

रगतमा खराब कोलेस्टेरोल घटाउने सूत्र

– शाकाहारी खानामा कोलेस्टेरोलको मात्रा अति कम हुन्छ । त्यसैले अत्याधिक कोलेस्टेरोल र स्याचुरेटेड फ्याट ( गाढा बोसो ) भएका खाद्यपदार्थ मासु, कलेजो, मिर्गौला, अण्डाको भित्री भाग, दूध,घिउ, मख्खन कम उपयोग गर्ने ।
– रातो मासु नखाने । मासु पकाउँदा छाला र बोसो फाल्ने ।
– मासुमा पाइने प्रोटिनको बदला दाल, भटमास, सिमी, मटर आदि खाने ।
– सागपात, हरियो तरकारी, फलफूल, गहँु, खस्रो चामल र दाल बढी खाने ।
– ओमेगा थ्री फ्याटी एसीडयुक्त खाद्य पदार्थहरु जस्तै माछाको तेल, सिमी, बोडी, भटमास, ओखर, कागती, बदाम आदिबाट तयार पारिएका पदार्थहरु आहारमा प्रयोग गर्ने ।
– टर्रो स्वाद भएको खाघपदार्थ खाने

निद्रा लाग्दैन ? यसो गर्नुहोस्

स्वस्थ तन र मनका लागि मीठो र गहिरो निद्रा अपरिहार्य मानिन्छ । पर्याप्त निदाइएन भने डायबेटिज, डिप्रेसनजस्ता रोग लाग्नुको साथै वजन बढ्ने समस्या देखापर्न सक्छ । मीठो निद्राका लागि यी टिप्स उपयोगी हुन सक्छन्ः
दिउसोको पेय बदल्नुस्
दिउसो चिया, कफीजस्ता क्याफिनजन्य पेय पदार्थ खाने गर्नुभएको छ भने दिउसो २ बजेपछि यस्ता पेय पदार्थ लिन चटक्कै छोड्नुस् । राति सुत्नुअघि चिया र कफी खाने बानी छ भने तत्काल आफूलाई सुधार्नुस् । किनकि, निद्र नलाग्ने समस्या भएका मानिसका लागि विशेष गरेर कफी घातक मानिन्छ ।
‘हेभी डिनर’ नलिनुस्
डिनरमा हेभी खाना खाने गर्नुभएको छ र पेट डम्म हुनेगरी अघाउँजी खाने बानी बसाल्नुभएको छ भने आजैदेखि बानी सुधार्नुस् । तरकारी, दाल, फलफूल, सलाद, दूधजस्ता हलुका खाना उपयुक्त मानिन्छन्, जसले मीठो निद्रा लगाउन मद्दत पु¥याउँछन् ।
सुत्नुअघि मदिरा नखानुस्
मदिरापारखीले सुत्नुअघि चुस्की लिए मीठो निद्रा लाग्ने ठान्ने गरेका छन् । तर, यो सत्य होइन । यसले तपाईंलाई छिट्टै निद्रा त लगाउँछ, तर केही घण्टापछि नै तपाईंको निद्रा भंग हुने, छिनछिनमा बिउँझिने समस्या हुन्छ ।
बढी मदिरा नलिनुस्
निद्रा नलागेको झोँकमा बढी मदिरा लिने गर्नुभएको छ भने आजैदेखि मात्रा घटाउनुस् । डेढ र बढीमा दुई पेगभन्दा बढी मदिरा नलिनुस् । सकिन्छ भने मदिरा छाड्नुहोस् ।
तातो पानीले राति ननुहाउनुस्
दिनभरिको कामबाट राति घर फर्किएपछि तातो पानीले नुहाउने बानी छ भने बानी बदल्न ढिलो नगर्नुस् । किनकि, शरीर एक हदसम्म चिसो नभएसम्म मीठो निद्रा पर्दैन भन्ने कुरा विभिन्न अनुसन्धानले पुष्टि गरिसकेका छन् । नुहाउनैपरे पनि सुत्नुभन्दा केही घण्टाअगाडि नै नुहाउने बानी बसाल्नुस् ।
सुत्ने कोठामा मधुरो बत्ती राख्नुस्
चर्को प्रकाशमा बसेर सुत्न जाँदा निदाउन समय लाग्नसक्छ । तसर्थ बेडरुममा मधुरो प्रकाशको बन्दोबस्त गर्नुस् । जसले गर्दा मीठो निद्राका लागि आवश्यक मुड ओछ्यानमा पल्टिनुअघि नै बन्नपुग्छ ।
ओछ्यानमा मोबाइल नचलाउनुस्
ओछ्यानमा पल्टिएपछि मोबाइल चलाउने बानी छ भने आजैदेखि आफूलाई बदल्नुस् । मोबाइल चलाउँदा तपाईं यसैमा अलमलिनुहुन्छ र निद्रा लाग्न पाउँदैन । साथै, सुत्दाखेरि मोबाइल अनिवार्य रूपमा साइलेन्स मोडमा राख्ने गर्नुस् ।
तालिका बनाउनुस्
सुत्ने र उठ्ने समयतालिका बनाउनुस् र यसलाई भरिसक्के पालना गर्नुस् । सधँै एउटै समयमा सुत्ने र उठ्ने बानी बसाल्न सक्नुभयो भने अनिद्राको समस्या बिस्तारै हट्दै जानेछ ।
सुत्नुअघि कसरत नगर्नुस्
कसरत गर्नु राम्रो हो, तर सुत्नुभन्दा ठीक अघि गर्नुचाहिँ राम्रो होइन । यसले शरीरमा रक्तसञ्चारलाई तीव्र गरिदिन्छ, जुन सामान्य अवस्थामा फर्किन समय लाग्छ । यसले तपाईंको निद्रालाई पर धकेल्ने गर्छ । त्यही भएर बेलुकाको कसरत र सुत्ने समयबीच चार घण्टाको ग्याप राख्नु राम्रो हु्न्छ ।
चुरोट छोड्नु्स्
चुरोट खाने बानी छ र निद्रा लाग्दैन भने चुरोट छोड्न ढिलो नगर्नुस् ।  चुरोट नखाने मानिस खानेहरूको तुलनामा चार गुणा बढी राम्रोसँग निदाउने गर्छन् भन्ने तथ्य अनुसन्धानबाट पुष्टि भइसकेको छ । चुरोटमा पाइने निकोटिनले गर्दा राम्रोसँग निदाउन सकिँदैन ।
सुत्नुअघि औषधि नखानुस्
प्रेसर, डिप्रेसन लगायतको औषधि नियमित सेवन गर्ने गर्नुभएको छ भने औषधि खाने समय र सुत्ने समयबीच केही घण्टाको अन्तर राख्ने कोसिस गर्नुस् । यस्ता औषधि खानासाथ सुत्न जानुभयो भने निदाउन समय लाग्छ ।
मनमा गुम्सिएका कुरा लेख्नुस्
मनोचिकित्सकका अनुसार निद्रा नलाग्ने समस्या भएका अधिकांश मानिसले मनमा अनेक कुरा खेल्ने भएकाले निद्रा नलाग्ने गरेको बताउने गरेका छन् । यस्तो समस्या भएकाहरूले मनमा गुम्सिएका कुरा सुत्नुअघि डायरीमा लेख्ने गरेमा निदाउन सहज हुने उनीहरूको सुझाव छ ।
कथा, संगीत सुन्नुस्
निद्रा लाग्दैन भने रेडियो, ल्यापटप, मोबाइलबाट मीठामीठा कथा, संगीत सुन्दै निदाउने बानी बसाल्नुस् । डाक्टरहरू निदाउने यो शैलीबाट धेरै मानिस लाभान्वित भइसकेको बताउँछन् ।
सकारात्मक सोच राख्नुस्
नराम्रो चिताउने र सोच्ने बानीले गर्दा पनि निदाउन समस्या पर्ने गरेको मनोचिकित्सकहरूको भनाइ छ । यसका लागि आफू र अरूको भलो चिताउने गर्नुस् । सुत्नुअघि आज राम्रा काम के–के गरियो र भोलि के–के राम्रा काम गर्न सकिन्छ भन्नेबारे विचार गर्नुस् । यसले तपाईंको मनलाई तनाव र छटपटीबाट मुक्त गराउँछ । यसको सीधा असर पर्छ निद्रामा ।
गहिरो सास लिने गर्नुस्
फुर्सदमा गहिरो र लामो सास फेर्ने गर्नुस् । यसले शरीरमा अक्सिजनको इन्टेक बढाउँछ, जसले गर्दा राति मीठो निद्रा पर्छ । गहिरो सास लिने गरेमा मुटुको धड्कन सन्तुलनमा आउने र रक्तचापका बिरामीलाई राम्रो हुने गर्छ । गहिरो सास लिँदा दिमागमा इन्डोर्फिन नामक रसायन उत्सर्जन हुन्छ, जसले तपाईंलाई तनावरहित बनाएर मीठोसँग निदाउने अवस्था सिर्जना गरिदिन्छ । गहिरो सास लिँदा पाँच सेकेन्डसम्म सास तान्ने, तीन सेकेन्ड थाम्ने र पाँच सेकेन्डसम्म सास फाल्ने गर्नुपर्छ । यो विधिलाई योगगुरुले मात्र नभई चिकित्सकहरूले पनि अनिद्रा भएका मानिसका लागि उपयोगी ठह¥याइसकेका छन् ।
खानपानमा ध्यान दिनुस्
मीठो निद्रा लगाउन माछा, दही, केरा, चना, प्याजजस्ता खाद्य पदार्थमध्ये कुनै एक वा एकभन्दा बढीलाई हरेक दिनको खानामा समावेश गर्ने कोसिस गर्नुस् ।
सुत्नुअघि पानी नपिउनुस्
कसै–कसैले सुत्नुअघि पानी पिउने बानी बसालेका हुन्छन् । यस्तो बानी आजैदेखि बदल्नुस् । किनकि, पानी पिएर सुत्न जाँदा राति पिसाब फेर्न उठ्नुपर्छ । यसरी निद्रा भंग हुन्छ । सुत्नुभन्दा एक अथवा दुई घण्टाअघि पानी पिउने गर्नुस् ।

जवान देखिने सामान्य ७ तरिका( Simple methods of being healthy and young )

जवानीको नापतौल अचेल उमेरले होइन, उसको स्वास्थ्यले निर्धारण गर्छ । आफूलाई फिट राख्न सकेर उमेरले ५०को नेटो काटेर पनि जवान देखिने धेरै छन् । त्यस्तो गर्न नसकेर ३०कै छेउछाउमा अनुहारमा चाउरी पार्ने पनि छन् । जवान देखिन छालालाई जवान राख्नुपर्छ । छाला तन्दुरुस्त राखेर जवान देखिने केही सजिला तरिका यसप्रकार छन् ।
१) हाम्रो शरीर र छालामा रहेका कोषिकाहरू पुरानो भएर मर्ने र नयाँ उत्पन्न हुने क्रम जारी रहने गर्छ । नयाँ कोषिका बढी सिर्जना भयो भने छालाको चमक कायम रहन्छ । छालामा चाउरी नपरोस् भन्नका लागि स्वास्थ्यकर र ताजा खाना खाने गर्नुपर्छ । यसले नयाँ कोषिका सिर्जना गर्न मद्दत गर्छ ।
२) छालालाई स्वस्थ र जवान राख्न यसलाई पानीले सिञ्चित गरिरहनुपर्छ । शरीरमा पानीको मात्रा कम भयो भने छाला सुक्खा र अनाकर्षक बन्न पुग्छ । छालाको सुन्दरतालाई कायम राख्न र उमेर ढल्किँदै गए पनि यसको चमक गुम्न नदिन प्रतिदिन तीनदेखि चार लिटर पानी पिउने गर्नुपर्छ । यसरी पानी खानाले छालालाई खराब गर्ने ‘टक्सिन’हरू पसिना र पिसाबबाट बाहिर जाने गर्छन् ।
३)हर्बल र ग्रिन टीमा एन्टिअक्सिडेन्टको मात्रा उच्च हुन्छ । यसले छालाको बुढ्यौली घटाउने गर्छ ।
४)कफी पिउने गर्नुभएको छ भने र उमेर घर्किंदै जान थालेको छ भने तुरुन्तै हर्बल र ग्रिन टीको बानी लगानुहोला । कफी र अन्य क्याफिनयुक्त पेय पदार्थले शरीरलाई डिहाइड्रेट गराउँछ । जसकारण अनुहारको चमक हराउन पुग्छ । साथै, कफी खानाले मानसिक तनावसमेत बढ्छ । जसले छालालाई थप बिगार्ने गर्छ ।
५) कफी बढी खानाले शरीरमा पानीको मात्रा कम हुन्छ । त्यही भएर कफी बढी खाने मानिस चाँडै बुढोजस्तो देखिन थाल्छ, छाला चाउरिन थाल्छ ।
६) नियमित व्यायाम गर्नाले मानिस जवान देखिन्छ । व्यायाम गर्दा शरीरमा रक्तसञ्चार र श्वासप्रश्वास तीव्र हुन्छ । यसले शरीरका हरेक कोषिकामा पोषक तत्व पु¥याउने गर्छ । साथै, तीव्र श्वासप्रश्वास र रक्तसञ्चार हुँदा शरीरमा अक्सिजनको इन्टेक पनि बढ्न पुग्छ । यसले छालालाई सुक्खा हुन अथवा चाउरी पर्न दिँदैन ।
७) तनाव लिनाले शरीरका विभिन्न कोषिका नष्ट हुन्छन् । यस्ता कोषिका नष्ट भएमा छाला झोल्लिएजस्तो देखिने, दाग देखिने, चाउरी देखिने, छाला रुखासुक्खा हुने लगायत हुन्छन् । तसर्थ, ध्यान, योग, जगिङ, गार्डेनिङ, घरपालुवा जनावरसँगको घुलमिल, खेलकुद आदिले तनावको मात्रा घटाउँछन् । जसको सीधा असर पर्छ, छालाको सुन्दरतामा ।

Wednesday, December 30, 2015

EVERYONE IS GENIOUS ( The power of the brain)


Imagine if you had a bucket of water. And every time you attempted to fill the bucket, 90% of the water would leak out instantly. Every time, all you’d retain was a measly 10%. How many times would you keep filling the bucket?
The answer is simple: just once.
The first time you noticed the leak, you’d take action
You’d either fix the bucket or you’d get another bucket, wouldn’t you?
Yet that’s not at all the way we learn.
Almost all of us waste 90% of our time, resources and learning time, because we don’t understand a simple concept called the Learning Pyramid. The Learning Pyramid was developed way back in the 1960s by the NTL Institute in Bethel, Maine. And if you look at the pyramid you’ll see something really weird.
That weird thing is that you’re wasting time. You’re wasting resources. You’re just doing everything you can to prevent learning. And here’s why.
To summarize the numbers (which sometimes get cited differently) learners retain approximately:
90% of what they learn when they teach someone else/use immediately.
75% of what they learn when they practice what they learned.
50% of what they learn when engaged in a group discussion.
30% of what they learn when they see a demonstration.
20% of what they learn from audio-visual.
10% of what they learn when they’ve learned from reading.
5% of what they learn when they’ve learned from lecture.
So why do you retain 90% when you teach someone else or when you implement it immediately?
There’s a good reason why. When you implement or teach, you instantly make mistakes. Try it for yourself. (In this article for instance, after I’d read the information, I cited the loss rate as 95% instead of 90% to begin with. I had to go back and correct myself. Then I found three more errors, which I had to fix. These were factual errors that required copy and paste, but I still made the errors).
So as soon as you run into difficulty and start to make mistakes, you have to learn how to correct the mistake. This forces your brain to concentrate.
But surely your brain is concentrating in a lecture or while reading
Sure it is, but it’s not making any mistakes. What your brain hears or sees is simply an abstract concept. And no matter how clearly the steps are outlined, there is no way you’re going to retain the information. There are two reasons why.
Reason 1: Your brain gets stuck at the first obstacle.
Reason 2: Your brain needs to make the mistake first hand.
Reason 1: Your brain gets stuck at the first obstacle.
Yes it does. And the only way to understand this concept is to pick up a book, watch a video, or listen to audio. Any book, any video, any audio. And you’ll find you’ve missed out at least two or three concepts in just the first few minutes. It’s hard to believe at first, but as you keep reading the same chapter over and over, you’ll find you’re finding more and more that you’ve missed.
This is because the brain gets stuck at the first new concept/obstacle. It stops and tries to apply the concept but struggles to do so. But you continue to read the book, watch the video or listen to the speaker. The brain got stuck at the first point, but more points keep coming. And of course, without complete information, you have ‘incomplete information’.
Incomplete information can easily be fixed by making the mistake first hand.
Reason 2: Your brain needs to make the mistake first hand
No matter how good the explanation, you will not get it right the first time. You must make the mistake. And this is because your interpretation varies from the writer/speaker. You think you’ve heard or read what you’ve heard/read. But the reality is different. You’ve only interpreted what they’ve said, and more often than not, the interpretation is not quite correct. You can only find out how much off the mark you are by trying to implement or teach the concept.
So how do you avoid losing 90% of what you’ve learned?
Well, do what I do. I learn something. I write it down in a mindmap. I talk to my wife or clients about the concept. I write an article about it. I do an audio. And so it goes. A simple concept is never just learned. It needs to be discussed, talked, written, felt etc. (I wrote this article, ten minutes after reading these statistics online).
The next time you pick up a book or watch a video, remember this .
Listening or reading something is just listening or reading.
It’s not real learning.
Real learning comes from making mistakes.
And mistakes come from implementation.
And that’s how you retain 90% of everything you learn.
Which is why most of the people you meet are always going around in circles.
They refuse to make mistakes. So they don’t learn.
They’d rather read a book instead. Or watch a video. Or listen to an audio.
Their bucket is leaking 90% of the time.
But they don’t care.
The question is: Do you?
Next Step
One of the biggest reasons why we struggle with our learning is because we run into resistance. Resistance is often just seen as a form of laziness, but that is not true at all. There are hidden forces causing us all to resist doing what we really should do. This slows us down considerably. Find out how to work with resistance, instead of fighting it all the time.

THE WITCH DOCTOR CAN REALLY EXIST?

Hello Ladies and Gentleman.......
Today I have a question for all of you please kindly do comment.
I am medical Student  From Nepal and my home is in very rural part of Nepal. In our community there are so many witch doctor and they cure the ill people i have seen many times which is not cured by doctor but they are successful to cure.Though I dont believe in the power of witch doctor but I want to know how they heal the illness which is not care by doctor?
 Two month ago my cousin sister was ill and I was in Patan Hospital so I called them to bring her to the hospital but Doctor Could not diagnose her. Her problem was She couldnt walk and too much pain in the lower limb. Doctor did many test but everything was normal likewise doctor had begun to give her antibiotics but problem was not decrease.Until 11 days probles was same so My uncle was very upset so he wanted to bring her to witch doctor and i helped him to bring her to that place where witch doctor live. The witch Doctor saw her and enchanted.
After finish him enchant we came back to the hospital.
In the second day I was very surprised that she was standing and walking. Day by day she was being fine and getting well and also the team of doctor was surprised. 
In the 15th day she discharge from hospital.
My question is
1. How it is possible the witch doctor heal? 
2.The Doctor were not able to find her root problems solution but the witch doctor healed by one enchant howwwww???

Saturday, December 26, 2015

तपाईंको थर कसरी रहन गयो, थाहा छ ? छैन भने यो पढ्नुहोस् !

खसजातिका धेरै थरहरु छन् । ती थरहरु केही सरकारी दर्जाबाट, केही गाउँको नामबाट अपभ्रंश भएर बनेका हुन् । अधिकारी, कार्की, भट्ट जस्ता थर सरकारी दर्जाबाट उत्पन्न भएका हुन् भने कोइराला, रिजाल, पराजुली जस्ता थरहरु कर्णाली अञ्चलका गाउँहरुबाट उत्पति भएका हुन् । आफ्नो थर के हो र कसरी उत्पति भयो भन्ने जिज्ञासा छ भने तलको सूची पढ्नुहोस्
सरकारी दर्जाबाट उत्पत्ति भएका थरहरू
अधिकारी – दराको हाकिम
कार्की – राजस्व अधिकृत
भट्ट – राज पुरोहित वा धर्मा्धिकारी
भण्डारी – राजकीय कोषको प्रमुख
लेखक – लेखक
महत – ग्राम प्रमुख
रोकाया – महतको सहयोगी
थापा – सैनिक दर्जा
खड्का – सैनिक दर्जा
राना – सैनिक दर्जा
बुढा – सैनिक दर्जा
बस्नेत – सैनिक दर्जा
कर्णाली अञ्चलका गाउँका नाउँबाट उत्पत्ति भएका थरहरू
जुम्ला
गाउँ– थर
धिता– धिताल
पाण्डुसेरा– पाण्डे
सिञ्जा– सिंजापति
चैडिलागाउँ –चौलागाई
प्याकुरी– प्याकुरेल
सिम्खाडा– सिम्खडा
अछाम
तिमिल्सैन– तिमिल्सिना, तिम्सिना
घमिराउँ– घिमिरे
देवकोट– देवकोटा
ढुङ्ग्रानी– ढुङ्गाना
ढाँकु– ढकाल
बजगाउँ– बजगाई
रिमा– रिमाल, रसाईली
स्वाँरा– स्वार
घोडासैन– घोडासैनी
पुरासैन– पुडासैनी
धमाली– धमला
दर्ना– दर्नाल
कुइका– कुइँकेल,
चाल्सा– चालिसे
बारला–बराल
लामिसाल– लम्साल
बझाङ
रेगम– रेग्मी
सोत– सोती
खार– खरेल, खराल
सुवाडा–सुबेडा, सुवेदी
बयाना– बनियाँ, बानियाँ
बाजुरा
जमकट्टी– जमरकट्टेल
छाती– छन्त्याल
कुँडी– कुड्याल
बेलकाटे– केलकाटिया
खातिवाडा– खाती
बैतडी
गाजरी– गजुरेल
डोटी
डोटेखेला– डोटेल
निरौली– निरौला
ओझाना– ओझा
बोगटान– बोगटी
मुडभरा–मुडभरी
मुगु
खनाया– खनाल
कालैगाउँ– कल्यान
खत्याड– खतिवडा
दैलेख
लामाछान्नी–लामिछाने
बाँस्कोट–बास्कोटा
बाँस्तोली–बास्तोला
सातला– सत्याल
लुयाटी–लुईटेल
चापागाउँ– चापागाईं
नेपा–नेपाल
रिजु्– रिजाल
पोखर– पोखरेल
लम्सु– लम्साल
लम्जी– लम्जेल
दह– दाहाल, दहाल
गैह्रा–गैह्रे, गैरे
भूर्ति– भूर्तेल
पराजुल–पराजुली
कोइराली–कोइराला
दवाडा– दवाडी
कट्टील–कट्टेल
भुषाकोट– भुषाल
सुइय–सुञेल
वड–वडाल
मोडासैन–मरासैनी,मरासिनी
गुरगाउँ– गुरागाईं
कालिकोट
खिट्किसैन– खिर्सिने
भुतौ– भुर्तेल
राँचु– रुचाल
गेला–गेलाल
वञ्जाडा–वञ्जाडे
बाँझकोट–बाझकोटा
रुकुम
सर्पुकोट–सापकोटा
दाङ
रजौरा– रजौरिया

Thursday, December 24, 2015

खन्चुवा स्वभाव र रोक्ने तरिका


fitness-emotional-eating-THSकोही कोही मानिस जति खेर पनि खान मन पराउछन । मानौं उनीहरु केबल खानका लागि नै जन्मिएका हुन । अरु कोही भने औषत मानिसको भन्दा अलि बढी खाने अर्थात खन्चुवा स्व्भावका हुन्छन् । खानेकुरा धेरै खाने स्वभाव अवस्था र संंयोगमा पनि भर पर्छ । चाडपर्व वा पार्टी विशेष वा भोजमा आफ्नो मन धान्न नसकेर पनि आवश्यकता भन्दा बढी खान सक्छौ जुन खासै राम्रो आदत होइन् । सातोको अन्त अर्थात शुक्रबार साँझ घरमा नै फिल्म हेर्दै  वर्गर र मदिरा पिउदा कति खायौ भन्ने हेक्का नै हुदैन ।
कहिले काही सारै निराश हुँदा पनि के गरौ भन्ने हुोला । त्यसपछि तपाईको ध्यान मदिरा र मासुतर्फ मोडिएला । तपाईले राम्रो सफलता हासिल गर्नु भयो । मनमा झट्ट फुर्ला, आज ठ्रूलो पार्टी दिन्छु । राम्रो जागिर मिल्यो भने दिमागमा ‘पिजा पार्टी’ ले डेरा जमाउला । त्यस्तै तलब बुझेको दिन छ भने विशेष खाना खाने योजना फुर्ला । यस्तै विषयले हामीलाई खन्चुवा बनाइरहेको हुन्छ । खुसी हुँदा वा दुःखि हुँदा त्यसको झोक खानामा फेरेका हुन्छौ जसलाई हामी ‘इमोसनल इटिङ’ भनिन्छ । तर यसरी लहडमा खानु स्वास्थ्यका लागि भने फाइदा होइन । विज्ञहरु यसलाई असन्तुलित भोजन बताउछन् ।
कसरी लाग्छ भोक
दिक्क लाग्दा वा निराश हुँदा खेरी क्षणिक आनन्द र खुसी लुट्न खाइने खानालाई इमोसनल इटिङ भनिन्छ । तनाब बढ्दा कसरी लाग्छ भोक ? यसमा पनि हर्मोनले भूमिका खेलेको हुन्छ । जब अत्यधिक तनाब हुन्छौ भोक लाग्ने तत्व कोर्टिसल र घेरलिन निस्कासन हुन्छ अनि हामीलाई भोक बढाइदिन्छ र के खाउ के खाँउ हुन्छ । हामी खुसी हुँदा भन्दा दुखी हुदा यो हर्मन बढ्ने वैज्ञानिकहरु बताउछन् । त्यसो त दुःख पर्दा हामीलाई खान रुची हुदैन भन्ने आम मान्यता विपरित वैज्ञानिकहरु दुःखी हुँदा मानिसले पनि राम्रो र मिठो परिकार खाइन्छ भन्ने बताउछन् । जति धेरै खान्छौ त्यति नै हाम्रो शरिरमा क्यालोरिको मात्रा बढ्छ र अनावश्यक तौल बढ्छ । तसर्थ हामीले खाँदा सोचबिचार गरेर खानुपर्छ जसलाई ‘माइन्डफुल इटिङ’ भनिन्छ ।
ध्यान अर्कोतर्फ मोड्नुहोस
जब तपाई अत्यधिक तनाबग्रस्त वा चिन्तित बन्नुहुन्छ संगीत वा अन्य कुनै गतिविधिमा दिमागलाई डाइर्भट गर्नुहोस ताकी तपाईको मन खाना खानेतिर नजाओस। चित्र, अध्ययन, वा वगैचामा बस्दा पनि तपाईलाई क्षणिक शान्त मिल्नुका साथै आवगेमा आउनबाट जोगाउछ । रमाईला कुराहरुमा आफ्नो ध्यान मोडेर आफ्नो खन्चुवा स्वभावलाई नियन्त्रण गर्न सकिन्छ ।
तपाइले के खाना खानुहुन्छ भन्ने बारेमा सोच्नुहोस
आफ्नो अगाडि स्वादिलो बासनादार तातो खिर वा चकलेट केक काट्दा तपाईको मुटु पग्लिने र आफ्नो मन धान्नै नसक्ने अवस्थामा पुग्न सक्नुहुन्छ । मिठो परिकार देख्नेवित्तिकै मुख रसाउने र हात अगाििड बढाउन थाल्नुहुन्छ । यो एउटा मानवीय स्वभाव पनि हो । यस्तो अवस्थामा तपाईका आँखाहरु बन्द गर्नुहोस । गहिरो स्वास लिनुहोस र तपाईलाई लोभ्याउने खानाको बारेमा केही मिनेट सोच्नुहोस ।  शान्त हुनुहोस । अनि बिस्तारै आफ्नो काममा फर्किनुहोस । तपाईमा मिठो खानाप्रतिको आशक्ति विस्तारै घट्छ ।
खाएको कुरालाई आनन्द लिनुहोस
खाना पाउनेवित्तिकै छिटोछिटो निल्नुको सट्टा बिस्तारै चपाएर स्वाद लिनुहोस । हरेक गास चपाउदा यसबाट आनन्द र पूर्ण सन्तुष्टि लिनुहोस । यस उपायले पनि तपाईलाई धेरै खानबाट रोक्न सक्छ ।
विस्तारै खानुहोस
राम्रोसँग चपाएको खानले पाचन पक्रियामा मात्र सहयोग पु¥याउदैन यसलेथोरै खान पनि सहयोग पु¥याउछ, ताकि तपाईको तौल पनि घट्छ । जब तपाई विस्तारै खानुहुन्छ तपाईको दिमागले  तपाईलाई पूर्ण सन्तुष्टि दिएको संकेत गर्छ । जसका कारण तपाई धेरै खानबाट बचाउछ ।
ध्यान दिएर शान्तपूर्व खानुहोस
कतिपयको टेलिभिजन हेर्दै वा फोन चलाउदै खाने बानी हुन्छ । यसरी खानु राम्रो होइन । मानिसले अर्कै कुराप्रति ध्यान दिएर खाँदा धेरै खाने आदत बस्छ । फिल्म हेर्दा वा फोन चलाउदा आफूले कति खाए भन्ने केही थाहा हुदैन । यसरी खाँदा खानाको स्वाद र सन्तुष्टि नै मिल्दैन । तसर्थ खाना खादा जहिले पनि ध्यान दिएर शान्तपूर्वक खानुपर्छ ।
भोग लागेपछि मात्र खाने
अरु कसैले खाएको देख्दा आफूलाई पनि खाउ खाउ लाग्छ तथापी भोक नलागेको किन नहोस । यसले पनि तपाईलाई खञ्चुवा बनाउछ । अरुले खाँदा सकभर त्यता ध्यान नदिनु नै राम्रो हुन्छ । धेरै खादा तपाईको पेटमा भार मात्र हुने होइन की अल्छि र कम्जोर पनि बनाउछ । तसर्थ भोक लागेपछि मात्र खानुहोस । अरुले खाउ भन्दैमा वा कर गर्दैमा नखानुहोस । पानी खाएर पनि केही समय भोकलाई शान्त पार्न सकिन्छ ।

CONDITION OF EARTHQUAKE VICTIM OF NEPAL DUE TO THE EXCESS COLD


मन्थली – स्वास्थ्य संस्था भूकम्पले भत्काएपछि अस्थायी टहरामा सेवा सञ्चालन गर्दा चिसोले स्वास्थ्यकर्मी र बिरामी दुवै काप्दै बसेका छन् । चिसोले थलिएका बिरामी पालको चिसोमा कठ्यांग्रिएर बस्नुपर्छ ।
‘चिसो अत्यधिक छ, सेउलाले बारेको छाप्रोमा बसेर काप्दै जाँच गर्दै आएका छौं,’ स्वास्थ्य चौकी गुप्तेश्वरका प्रमुख रामाशिष यादव भन्छन्, जाडोले मर्ने भइयो । यादवका अनुसार गुप्तेश्वरमा हम्मेसी घाम लाग्दैन । पानी सिसाजस्तै जम्छ, दिउँसोसम्म तुषारो हटदैन ।
कहिले बाहिर कहिले त्यही छाप्रोमा लुकामारी गर्दै उपचार सञ्चालन गर्दै आएको गुप्तेश्वर स्वास्थ्य चौकीमा बिरामी राख्नेसमेत ठाउँ छैन । झ्यालढोका केही नभएको छाप्रोमा दुइटा दराज राखेर सेवा चलाएको छ ।
‘राति दुईपटकसम्म उठेर हेर्छु धन्न अहिलेसम्म केही चोरी भएको छैन,’ यादवले भने । पूर्वसभासद दालकुमारी सुनुवारले काम चलाउन दिएको भवनमा औषधि राखिएको छ । भूकम्पले उक्त भवन पनि जीर्ण छ । स्वास्थ्यकर्मी त्यहाँ डराइडराइ औषधि झिक्न जाने गर्छन् ।
‘छाप्रोमा बसेर उपचार सेवा गर्दा हामी नै बिरामी पर्न थालेका छौं,’ यादवले भने । एक त चिसो त्यसमाथि खुला ठाउँमा बसेर कसरी उपचार गराउँ । कहिलेकाहीं त्यही छाप्रो पनि उडाउने गरी हावा चल्छ । उपचार गराउने ठाउँ नभएपछि गाउँमा कोही बिरामी परे भने उनीहरूकै घर पुगेर उपचार गराउन बाध्य भएको यादवले बताए ।
यहाँ सुताउने ठाउँ छैन, बरु दुख्खै गरेर भए पनि घरघर पुग्ने गरेरको उनले बताए । भूकम्पपछि गुप्तेश्वरको मात्र होइन, सैपुको स्वास्थ्य संस्थासमेत कठिनाइ भोग्दै छ । बाँसले बारेको छाप्रोबाट सेवा चलाउनुपरेको उक्त संस्थामा पानी पर्दा सबै भित्र पस्छ । औषधिसमेत छाप्रोमै राखिएको छ ।
‘मन्त्रालयबाट अनुगमनका लागि सैपु पुगेको टोलीले छाप्रोमा औषधि राख्न उपयुक्त नभएकोले अन्यत्र राख्न सुझाव दियो,’ स्वास्थ्य चौकी प्रमुख जयप्रकाश रायले भने ।
भूकम्पले जिल्ला अस्पतालसहित २५ स्वास्थ्य संस्था पूर्णतया क्षति भएका थिए । ती सबैमा कतै पाल त कतै अस्थायी कटेरो बनाएर सेवा दिएको छ । जिल्ला अस्पतालसमेत अझै पालमै सञ्चालन भएको छ ।

Wednesday, December 23, 2015

Ten heart touching statement by Nepolian Bonapart

१. तिमी मलाई एउटी असल आमा देऊ, म तिमीलाई एउटा असल राष्ट्र दिनेछु ।
२. संसारले दुःख भोग्नुको कारण खराब व्यक्तिको आतंक नभइ असल मान्छेको मौनता हो ।
३. असंभव भन्ने शब्द मूर्खहरूको शब्दकोशमा मात्र भेटिन्छ ।
४. अवसरविना क्षमता केही होइन ।
५. एउटा साँचो मानवले कसैलाई पनि घृणा गर्दैन ।
६. कल्पनाले नै संसारमाथी सासन गर्दछ ।
७. कुनै पनि कार्य सुसम्पन्न होस् भन्ने चाहन्छौ भने त्यो कार्य तिमी स्वयंले गर ।
८. गरिबनै रहने पक्का उपाय हो, इमान्दार हुनु ।
९. एकजनाले गर्न सक्ने सबै गर्नु मानव वन्नु हो भने एकजनाले इच्छ्याएको जति गर्नु इश्वर बन्नु हो ।
१०. त्यहाँ जम्मा दुइ शक्ति छन् जसले मानवलाई अघि धकेल्दछ, भय र इच्छा

The Power of Saffron for Mental Health

The Power of Saffron for Mental Health
By Dr. Edward
World
Saffron is an extravagant, sweet-smelling spice commonly used in Indian, Turkish, and Persian cuisine and is closely related to turmeric . Its use in traditional health approaches has spanned thousands of years, and modern research seems to back up its commonly-reported benefits.
Like most spices, saffron may be a formidable force against internal swelling (inflammation) and irritation in the body. For years, research has also linked this red grass-like spice with mood health, showing it could be a powerful tool against varying forms of depression.
Saffron: A Depression Fighter?
While it may not be a one-size-fits-all approach, saffron supplementation may be helpful for some people in regulating mood and
mental health . A recent meta-analysis examining the years of saffron research has found many clinical trials suggest the spice could improve the symptoms of depression. The exact mechanisms behind which saffron exhibits beneficial effects against mood-related disorders is largely unknown; however, it’s hypothesized that it may be due to its antioxidant content.
Not only does saffron provide a lower risk-to-benefit ratio compared to antidepressants , saffron may also inhibit the side effects commonly experienced by antidepressants. That means, as an adjunct to conventional approaches to depression, saffron may be an ideal supplement for reducing side effects from antidepressant drugs. That’s not to say you should stop taking antidepressants–far from it. But, if you do have concerns about the medications you are taking, talk to your doctor about the types of strategies you can use to support mental health.
Natural Support for Mental Health
There are many things you can do to protect your mood and even strengthen it without having to rely on pharmaceutical methods. While antidepressants may be necessary in some cases, you should also consider optimizing your vitamin D, exercising, and getting plenty of
high-quality sleep . Don’t forget about nutrition. Omega-3 fats are excellent mood supporters, and you can get them easily from vegan sources such as chia and flax seed.
What do you do to support your mental health and mood? We’d love to hear your tips in the comments!
– Dr. Edward F. Group III, DC, NP, DACBN, DCBCN, DABFM
References:
1. Hausenblas HA, Heekin K, Mutchie HL, Anton S. A systematic review of randomized controlled trials examing the effectiveness of saffron (Crocus sativus L.) on psychological and behavioral outcomes. J Integr Med. 2015 Jul;13(4):231-40. doi: 10.1016/S2095-4964(15)60176-5.

Tuesday, December 22, 2015

Emotional Energetic Healing: The Future of Medicine is Here

Emotional Energetic Healing: The Future of Medicine is Here
“Everything is energy.” ~ Albert Einstein
Energy medicine is at once time-honored and new. Whether using traditional forms like acupuncture , t’ai chi and reiki or modern applications such as Emotional Freedom Technique (EFT), magnetic, vibrational or music therapy, working with the human energetic system to create wellness is an esteemed practice that produces tangible results.
According to Dr. Erin Olivio in the article Energy Medicine : “The field of energy medicine involving putative energy fields is based on the fundamental premise that all physical objects (bodies) and psychological processes (thoughts, emotions, beliefs and attitudes) are expressions of energy. Therefore, all bodies are believed to be infused with a “subtle” energy or life force. This life force is known by a variety of terms corresponding to different traditions. In traditional Chinese medicine it is called chi (pronounced CHEE), in the Judeo-Christian tradition it is called spirit, and in Ayurvedic medicine it is represented in the doshas.”
What the ancients recognized, science is now validating. Candace Pert, PhD, is one researcher who has significantly contributed to the legitimate study of Mind-Body Medicine.
How emotions affect physiology
“Most psychologists treat the mind as disembodied, a phenomenon with little or no connection to the physical body. Conversely, physicians treat the body with no regard to the mind or emotions. But the body and mind are not separate, and we cannot treat one without the other.” ~ Dr. Candice Pert
In Dr. Pert’s book, Molecules of Emotion: The Science Behind Mind-Body Medicine , she explains how a class of proteins called peptides (including endorphins) act as a nervous system, delivering information throughout the body. Her theory is that the surface of each cell is covered with receptors for specific peptides. These free-floating molecules function as messengers. When we have a specific emotion, a cascade of peptides are released that ultimately influence our body.
Paul Trachtman explains how this sequence works in Smithsonian Magazine:
“… it’s through the emotion-modulating peptides that an embarrassing thought can cause blood vessels to dilate and turn a face beet red. In the same way, the molecules of emotion can mobilize immune cells to destroy an incipient tumor. Techniques like meditation or visualization may also act as forces to set those molecules in action.”
The question is: If emotions alter the functioning of the body, how do we experience healing by addressing subconscious negative emotional patterns?
This is the topic of a cutting-edge documentary on Mind-Body Medicine: E-Motion .
The energy of emotions
Leaders in the field of energetic medicine — including Sonia Choquette, Dr. Joe Dispenza, Dr. Bradley Nelson, Don Tolman, and others — explore the connection between emotions, the body and health in the documentary.
Taking into account the subconscious mind is 1000 times more powerful than the conscious mind, we are likely to ask: What actually controls it? The answer lies with unresolved emotions.
When we have traumatic perceptions buried in our subconscious mind, these emotional memories — when triggered — will cause a reaction in the body that sets-off a cascade of stress hormones, thereby altering our physiology.
How are these negative perceptions created? By our thoughts, because thoughts create emotions. And when we feel an emotion strongly enough, it will become trapped and disrupt the energy field of the body. Anger, aggression, anxiety, depression, sadness — these negative emotions will lodge themselves in the body and are the leading cause of physical pain. Eventually, if the blockage isn’t cleared, disease will develop.
Dr. Joseph Mercola provides an example:
“… those suffering from depression will often experience chest pains, even when there’s nothing physically wrong with their heart. Extreme grief can also have a devastating impact — not for nothing is the saying that someone “died from a broken heart.” In the days after losing a loved one, your risk of suffering a heart attack shoots up by 21 times!”
He also points out:
“Your body cannot tell the difference between an actual experience that triggers an emotional response, and an emotion fabricated through thought process alone — such as when worrying about something negative that might occur but has not actually happened, or conversely, thinking about something positive and pleasant.
“The fact that you can activate your body’s stress response (which produces chemicals that can make you sick) simply by thinking means that you wield tremendous power over your physical state in every moment. Moreover, it means that you can literally manifest disease, or healing, by thinking.”
Needless to say, in order to enjoy vibrant health, it’s vitally important to release emotional baggage.
Tips on how to ditch toxic emotional imprints
The team of experts in E-Motion
believe there are active steps we can take to heal the body, the subconscious mind and our overall health. Here are a few:
Always remember that our mind is the key to healing.
Expect good things in life.
Slowdown when you feel a negative emotion arise and acknowledge it, then honor and release.
Practice Emotional Freedom Technique . By doing so, we short-circuit damaging energetic patterns from taking hold within the body.
Be clear about your purpose in life. To discover your calling, answer the question: “If I weren’t afraid, I would …”
Focus on the color of food to heal the chakra centers. For example, exposure to sunlight + eating pineapple and oranges will help fortify the 2nd and 3rd chakras, which helps alleviate depression.
Participate regularly in a water fast to clear problematic emotions from the body.
Learn The Emotion Code technique by Dr. Bradley Nelson to rapidly release stuck emotions.
And finally, never underestimate the healing power of gratitude and liberal self-love.

Sunday, December 20, 2015

DIFFERENT TYPES OF ORGAN TRANSPLANTATION

It is classified based on the genetic or antigen relationship between the donor and the recipients as:
1. Autograft : Tissue of one site engrafted to another site in the same individual.
2. Isograft : Graft placed on another individual of the same genetic Constitution eg. monozygous twins
3. Allografts : Graft transfer between two genetically different members of the same species.
4. Xenografts : Grafts between members of different Species.
 
   Autografts and Isografts are usually accepted and survive causing a minimum inflammatory reaction.
   Allografts and Xenografts usually undergo necrosis and are rejected due to genetic and antigenic incompability.

Friday, December 18, 2015

About Ramechhap District

Hello everyone its me from Ramechhap.
Ramechhap is the very beautiful District of Nepal.Here are some pictures









The methods of increase sex power



1.तनावरहित हुनुस्ः तनाव भुलाउन सेक्स गर्ने होइन, सेक्स गर्नुअघि तनाव विसर्जन गर्ने गर्नुस् । जागिर, व्यापार, घरायसीलगायत विभिन्न कुरा मनमा खेलाएर सेक्समा डुब्न सक्नुहुन्न । तनाव लिँदा शरीरमा कोर्टिसोलजस्ता हर्मोन उत्सर्जन हुन्छ, जसले यौन हर्मोनलाई निस्तेज गरिदिन्छ र यौनक्रीडा चाहेजस्तो हुँदैन ।

2.चिल्लो कम खानुस् ः चिल्लोचाप्लो खाने कुरा खाने गर्दा शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्छ । जर्नल अफ मेडिकल साइन्समा प्रकाशित एउटा अनुसन्धान रिपोर्टअनुसार शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्यो भने यसले यौनांग वरपर हुने रक्तसञ्चारलाई निस्तेज गरिदिन्छ । जसले गर्दा कामोत्तेजना जाग्दैन । कोलेस्ट्रोलले महिलालाई चरमोत्कर्षमा पुग्न दिँदैन । त्यसैले शरीरमा कोलेस्ट्रोलको मात्रा घटाएर यौन जीवन सुखमय बनाउन फलफूल र तरकारी बढी खाने गर्नुस् ।

3.यौनवद्र्धक खाना खानुस्ः एभोकाडो, बदाम, स्ट्रबेरी, कुरिलो, खर्बुजा, कालो चकलेटलगायत यौनवद्र्धक खानेकुरामध्ये कुनै एक अथवा एकभन्दा बढीलाई दिनहुँ खानुहोस् । यी खानेकुराले तपाईंलाई स्वस्थ यौन जीवन प्रदान गर्छन् ।

व्यायाम गर्नुस्ः व्यायामले यौन जीवनलाई सुखद बनाउन मद्दत गर्छ । महिलाको यौन जीवन भव्य बनाउन व्यायामले अझै बढी मद्दत गर्छ । व्यायाम पार्टनरसँग गर्दा राम्रो हुन्छ । हरेक साता आधा घण्टासम्म पसिना निस्किनेगरी व्यायाम गर्नाले यौन चाहना र सन्तुष्टि बढ्ने एक अनुसन्धानले देखाएको छ ।

4.स्वास्थ्यबारे सचेत रहनुस्ः छाला तथा योनि सुक्खा हुने, कपाल झर्ने, आलस्य महसुस हुने, निद्रालगायत समस्या देखिँदा चिकित्सकलाई सम्पर्क गरिहाल्नुस् । किनकि, यो थाइराइडको लक्षण पनि हुन सक्छ । यो रोगले यौनेच्छामा कमी र गर्भक्षमतामा ह्रास ल्याउने गर्छ । रक्त परीक्षणले थाइराइड लागेको वा नलागेको थाहा पाई उपचार गर्न सकिन्छ ।


5.यौन चिकित्सकलाई भेट्नुस्ः अमेरिकाको स्ट्यानफोर्ड हस्पिटल एन्ड क्लिनिकको महिला यौन उपचार संकायका वरिष्ठ डाक्टर लिह मिलहेइजरका अनुसार माथि उल्लिखित जीवनशैली अपनाउँदा पनि यौन क्षमता बढेन भने चिकित्सकको परामर्श लिनुपर्छ । सेक्स हर्मोन उत्सर्जन बढाउने औषधि चिकित्सकको सल्लाहमा खाएर यौन जीवन सुखमय बनाउन सकिन्छ ।

Researcher found that our feelings are never old


एजेन्सी –पाका उमेरका जोडी यौनकार्यमा सरिक भएको कुरा सोच्दा पनि दिमागमा विभिन्न तर्क विर्तक आउँछन् होला । यस्तो बुढेसकालमा पनि सेक्स गर्लान र ? भन्ने पनि मनमा लाग्ला । हिँडडुल गर्न मुश्किल पर्ने उमेरमा पनि यौनकार्यमा सक्रिय रहेको सोधले देखाएपछि धेरैलाई ताज्जुब लागेको छ । ‘तन बुढो भएपनि मन बुढो हुँदैन’ भन्ने नेपाली उखान छ नि हो त्यस्तै ७० वर्ष पुगेका जोडीहरु महिनामा दुईपल्ट यौनकार्यमा सरिक भएको अनुसन्धानमा देखिएको छ । तथापी यो सबै बृद्धबद्धामा लागू नहुन सक्छ । किनकी स्वास्थ्य अवस्था, हर्मन, जोडिको चाहना र प्राप्यतामा पनि भर पर्छ । त्यतिमात्र होइन बृद्धबृद्धामा यौन सम्र्पकबाट सर्ने रोग र त्यसका बिरामी, गुप्तांगमा समस्या बढ्ने गरेको तथ्य फेला परेको छ ।
विशेष गरी सन् २००९ देखि २०१३ को अवधिमा यस्ता रोगमा बृद्धि भएको पाइएको हो । सोही तथ्यांकलाई मध्यनजर राख्दै दी कन्र्भसेसनमा एक लेख लेख्दै युनिर्भसिटी अफ शेफिल्डका डा. शारोन हिन्चक्लिफ प्रौढ तथा बृद्धाका बारेमा जोकोही खुलेर यौनसम्बन्धी छलफल गर्नुपर्ने बताउँछिन् ।

आनन्दका लागि हस्तमैथुन र सम्भोगदेखि एसटीआई, उत्तेजित नहुने अवस्था र योनीको सुख्खापनका विषयमा जीवनको उत्तरार्ध विशेष गरी बुढेसकालमा छलफल गर्नु महत्वपूर्ण भएको उनी बताउँछिन् ।
त्यसो त ५० वर्ष काटेका मानिसहरु सम्भोग गरेको तस्बिर बिरलै देखिन्छ । न त त्यति माग नै हुन्छ । सेवानिबृत्ति मानिसहरुको आउँदै गरेको वार्षिक अवसर पारेर ४५ वर्षमा गरेका यौन दृश्यमा आधारित यौनसम्बन्धी दुर्लभ दृश्यसहितको एक चलचित्र पनि यहाँ सान्र्दर्भिक हुन सक्छ । सो चलचित्र हालै बेलायतमा सार्वजनिक भएको थियो ।
चलचित्र र अन्य केही अध्ययनअनुसार ७०, ८० को दशक र त्यो भन्दा बढी उमेर काटेका बृद्धबृद्धाको ठूलै संख्या नियमित यौन कार्य गरेको पाइन्छ । हालैको एक अध्ययन अनुसार ७० वर्ष पुगेका एक तिहाई मानिस महिनामा दुई पटक नियमित यौन सम्पर्क गरेको बताए ।

तसर्थ हामीले यौनका बारेमा किन संकुचित दृष्टिकोण वा खुलेर छलफल नगर्ने ? यसै वर्ष प्रकाशित एक अध्ययन प्रतिबेदन अनुसार आफ्ना जोडी भएका मानिसहरुको जीवन अत्यन्त उच्च भएको पाइयो । जसको एउटै कारण थियो यौन कार्यमा दुबैको सहभागीता, तथापी केही अध्ययनहरुले सामाजिक सम्बन्धलाई पनि उत्तिकै जोड दिएका छन् ।
डेलीमेलका अनुसार पचास वर्ष माथिका मानिसहरुको यौन जीवनको बारेमा गरिएको अध्ययनमा आफूहरु अझै पनि यौनमा लिप्त रहेकाहरुले आफ्नो जीवनलाई निकै महत्व र उच्च मुल्यांकन गर्ने गरेको पाइयो । यौन सक्रियताकै कारण उनीहरुको जीवन निकै रमाईलो भएको पाईयो भने एकल जोडिमा केही निरसता देखियो ।

कतिपय महिलाहरुमा उमेरले नेटो काट्दै जाँदा सम्भोगमा झनै आनन्दित भएको पाइयो । किनकी गर्भवती नहुने सम्भावनाले पनि उनीहरु खुलेर मस्त सम्भोग गरेको बताए । तर, यौनको बारेमा कुरा गरिरहँदा बृद्धबद्धामा यौनजन्य समस्या र रोगहरु देखियो । किनकी यसअघि बेलायतमा एसटीआई र अनावश्यक गर्भवती हुनबाट बच्न युवा युवतीहरुलाई विशेष कार्यक्रम लक्षित गरिए पनि पछिल्लो समयमा भने एसटीआईबाट बृद्धबृद्धा समस्यामा परेको दखियो । जसका कारण बेलायतमा बृद्धबृद्धालाई लक्षित गरी यौनसम्बन्धी सचेतनमुलक कार्यक्रम सञ्चालन गरिन थालिएका छन् । बेलायतको सेक्सुअल हेल्थ विकले बृद्धबृद्धामा यौन आनन्दलाई लक्षित गरी कार्यक्रम नै अयोजना गरेको छ ।