भारतीय विशेषज्ञ डा. पेट्रिक यसुदियनका अनुसार शरीरको मेलानोसाइट नामक कोषिकाबाट उत्पन्न हुने मेलानिन नामक रासायनिक तत्वका कारण कपालको रंग कालो हुने गर्दछ । जब मेलानिन नामक कोषिकाको संख्यामा ह्रास हुन थालेपछि कपालको रंग सेतो हुँदै जान्छ । तर कम उमेरमै कपाल फुल्नुमा शरीरमा विशेष पोषक्तत्व जस्तो प्रोटिन, लौहतत्व, फैटि एसिडको कमि भएमा पनि कपाल फुल्दछ । तनावका कारण हाम्रो मस्तिष्क भित्र केही रासायनिक तत्वको स्राव बढ्छ र कपाल सेतो हुँदै जान्छ । साथै शरीरको थाइराइड ग्रन्थिको गडबढी, रक्तअल्पता आदिले कपाल फुल्दछ ।
तालु खुइलिने कारण
धुम्रपान तथा मध्यपान, र केमिकयुक्त खाना, मानसिक तनाव, तारेभुटेका,बढी मसालादार खानाले तालु खुइलिन्छ । चिल्लो, बासी खाना साथै कपालमा लगाउने विभिन्न केमिकलयुक्त रंगहरु, गुणस्तरहिन साबुन र संयोग विरुद्धका खाना आदिले तालु खुइलिन्छ । कपालको फेदभित्रका कोशिकामा अक्सिजनको अभाव, प्राणयाम, व्यायाम आदिको कमिका कारण पनि तालु खुइलिन्छ ।
कपाल बचाउन यसो गरौं
कपालमा केमिकलयुक्त रंग आदि नलगाउँने
धेरै तातो पानीले नुहाउँने
तारेभुटेको, धेरै मसलादार र एसिडयुक्त खाना नखाने
निम्न स्तरका केमिकलयुक्त साबुन, स्याम्पु नलगाउने
चिसो कपाल नकोर्ने कमलो भएको हुन्छ र झर्छ
नरिवललको तेल कपालमा लगाउने
बिहान बेलुका २–२ मिनेट कपाल मालिस गर्ने
धेरै अमिलो कपालमा नलगाउने
तिलको तेलमा अदुवा थोरै, लसुन र अमला पिसेर मिसाउने र कपालको मालिस गरेमा चायाँ जान्छ । मुलायम, बाक्लो हुन्छ र उम्रन्छ
Monday, January 4, 2016
कपाल बचाउन यसो गरौं
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment