पेटको गडबडी छ भने भातमा दही मिसाएर खानुहोस् । पायल्सको समस्या भएको अवस्थामा दिउँसो खानापछि एक गिलास महीमा ज्वानो मिसाएर पिउनुहोस् । पेटका रोगीहरूले जुनेलोको रोटीका साथ दही खाए ठीक हुन्छ । दहीको सेवन भुटेको जीरा वा सिधेनुनका साथ गर्नुस् ।
यस्तै, दहीमा मह मिसाएर खाएमा साना बच्चाको दाँत सजिलै आउँछ । मुखमा घाउ आएको छ भने मह र दहीको समान मात्रा मिसाएर बिहान बेलुकी लगाउने हो भने सञ्चो हुन्छ । दहीको सेवनले शरीरबाट बोसो घटाउँछ । गर्मी मौसममा दहीबाट मही निकालेर या लस्सी बनाएर पिएमा पेटको गर्मी शान्त हुन्छ । मही या लस्सी पिएर बाहिर निस्कँदा लू लाग्ने डर हुन्न । दुब्ला व्यक्तिले दहीमा किसमिस, बदाम, छोकडा आदि मिसाएर खानाले तौल बढ्छ ।
दहीमा हृदयरोग, उच्च रक्तचाप, मिर्गौलाको समस्या समाधान गर्ने अद्भुत क्षमता हुन्छ । यसले हाम्रो रगतमा हानिकारक कोलेस्टेरोल बढ्न दिँदैन, जसबाट मुटुको चाल सधैं सही हुन्छ । दहीमा क्याल्सियमको मात्रा अधिक मात्रामा पाइन्छ, जसले हाम्रो हड्डीको विकास गर्छ, दाँत एवं नङ मजबूत बनाउँछ र मांसपेशीलाई सही ढंगले काम गर्न मद्दत पु¥याउँछ ।
दहीमा हृदयरोग, उच्च रक्तचाप, मिर्गौलाको समस्या समाधान गर्ने अद्भुत क्षमता हुन्छ । यसले हाम्रो रगतमा हानिकारक कोलेस्टेरोल बढ्न दिँदैन, जसबाट मुटुको चाल सधैं सही हुन्छ । दहीमा क्याल्सियमको मात्रा अधिक मात्रामा पाइन्छ, जसले हाम्रो हड्डीको विकास गर्छ, दाँत एवं नङ मजबूत बनाउँछ र मांसपेशीलाई सही ढंगले काम गर्न मद्दत पुर्याउछ।
Saturday, January 16, 2016
यी रोगमा दही खानुस्( Eat yoghurt in these disease)
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment