स्वस्थ किड्नीले तपाईँले खाएको खानेकुरा लगायतलाई प्रशोधन गर्न हत्वपूर्ण भूमिका खेल्छ । न्यून प्रोटिन भएको पोषण, नूनको मात्रा न्यून, फस्फोरसजन्य खानेकुराको कम प्रयोग र पोटासिमयुक्त खानेकुरा घटाएर हामी किड्नी रोगबाट बच्न सक्छौं । त्यस्तै किड्नीका बिरामीहरुलाई पनि यी खानेकुराले धेरै भलाई गर्छ ।
किड्नी जोगाउन के खाने ?
काउलीः काउली एक किड्नी मैत्री सब्जी हो, जसले किड्नीको प्रमुख कारक चिनि र मुटुसम्बन्धी रोग नियन्त्रण गर्न सहयोग गर्छ ।
गाँजरः किड्नीका लागि लाभदायी खानेकुरा मध्ये गाँजर पनि एक हो । हाइपरटेन्सनका कारण पछिल्लो समयमा किड्नी गुमाउनेको सँख्या बढिरहेको विभिन्न अध्ययनले देखाएका छन् । दीर्घकालिन किड्नीका रोगीले उच्च रक्तचाप नियन्त्रण गर्न सहयोग पुग्ने खानेकुरामा यो पर्छ ।
स्याउः स्याउ किड्नीको लागि राम्रो मात्र होइन, प्रारम्भिक चरणमा हुने किड्नी रोगको खराब असरहरुलाई समेत यसले घटाउँछ ।
प्याजः किड्नी फेल भएका बिरामीलाई प्याजको फाइदा अत्याधिक देखिन्छ । प्याजमा एउटा यस्तो तत्व पाइन्छ, जसले स्वाभाविक रुपमा रगतलाई बाक्लो हुन वा जम्नबाट बचाउँछ । यसले एउटा हर्मनको रुपमा समेत काम गर्छ । प्याजले उच्च रक्तचापलाई नियन्त्रण गरी किड्नी रोग हुनबाट बचाउँछ ।
लसुनः लसुनमा पेटमा जम्मा भएको बायुलाई फाल्ने एक प्रकारको विशेष तत्व हुन्छ । किड्नीमा समस्या आएपछि आउने सम्भावित ठूलो समस्यालाई रोक्न लसुनले महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।
हाम्रो किड्नी यसरी डिजाइन गरिएको हुन्छ की ३० देखि ४० वर्षको उमेरमा पुग्दा किड्नीको छान्न सक्ने क्षमता स्वभाविक रुपमा घट्छ ।
तपाई ३० वर्षको पुगेपछि हरेक १० वर्षमा तपाईँको किड्नीको काम गर्ने क्षमता १० प्रतिशतले घट्दै जान्छ । जीवनको प्रारम्भिक कालदेखि नै किड्नीमा बढी चोट पार्नु भयो भने जीवनको उत्तराद्र्धमा तपाईँलाई किड्नीको समस्या बढ्ने धेरै सम्भावना हुन्छ ।
किड्नी रोगबाट बच्न उपाय
चिनि रोग, उच्च रक्तचाप र मुटुको रोगको तत्कालै उपचार गर्नुहोस् वा यी रोग पालेर नबस्नुहोस्
नुनको मात्रा घटाउनुहोस्
दैनिक अत्यधिक पानी पिउनुहोस्
पिसाब कहिल्यै पनि नरोक्नुहोस्
उपयुक्त खानेकुरा खानुहोस्
स्वस्थ पेय पर्दाथ खानुहोस्
धुमपान र रक्सि सेवन नगर्ने
जान्ने बनेर जथाभावी औषधी नखाने
औषधीको थप परिणाम खाँदा वा जटिबुटियुक्त औषधी खाँदा बिचार पुर्याउने।
Saturday, January 23, 2016
कसरी जोगाउने किड्नी ?(How to save Kidney)
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment