बाडुली लाग्ने अनेक कारण हुन सक्छन् । जसमा छिटो–छिटो खाना खानु, बढी पिरो खानु अथवा रक्सी सेवन आदि कारणले बाडुली लाग्न सक्छ । विभिन्न घरेलु उपायले बाडुली रोक्न सकिन्छ । यदि यसो गर्दा पनि नरोकिएमा डाक्टरसंग सल्लाह लिनुहोला ।
कागती र मह
बाडुली रोक्न कागती लाभदायी हुन्छ । एक चम्चा कागतीको ताजा रसमा एक चम्चा मह राख्नुहोस् । अब यो मिश्रणलाई चाट्नुहोस् । बाडुली लाग्न रोकिन्छ ।
श्वास रोक्नुहोस्
बाडुली लागेमा लामो श्वास लिनुहोस् र केही सेकेण्डका लागि रोक्नुहोस् । विज्ञका अनुसार जब फोक्सोमा कार्बनडाइअक्साइड भरिन्छ, त्यसलाई श्वासप्रश्वास प्रक्रियामा महत्वपूर्ण मानिएको अंग डायफ्रामले बाहिर निकाल्छ र बाडुली रोकिन्छ ।
मरिच
मरिचका तीन दानालाई चिनी या मिश्रीको एक टुक्राका साथ चपाउनुहोस्, आवश्यक परे एक घुड्को पानी पनि पिउन सक्नुहुन्छ । यसो गर्दा तत्काल बाडुली रोकिन्छ । यो उपाय पूरै सुरक्षित पनि हुन्छ ।
चिनी
हरेक मानिसको घरमा चिनी पाइन्छ । बाडुली आउँदा तुरुन्तै एक चम्चा चिनी सेवन गर्नुहोस् । केही समयपछि बाडुली आउन रोकिन्छ ।
भिनेगर
भिनेगरको प्रयोग थुप्र्रै समस्यमा गर्न सकिन्छ । एक चम्चा भिनेगरको सेवनले बाडुलीमा तुरुन्तै राहत दिलाउँछ । यसको अमिलो स्वादले बाडुली रोक्न मद्दत गर्छ ।
पिनट बटर
बाडुली लाग्न सुरु भएपछि एक चम्चा पिनट बटरलाई जिब्रो र दाँतको मद्दतले स्वाद लिइलिइकन खानुहोस् । यसबाट श्वास लिने प्रक्रियामा परिवर्तन आउँछ र बाडुली रोकिन्छ ।
नुन पानी
थोरै नुनलाई एक गिलास पानीमा मिसाएर एक या दुई पटक पिउनुहोस् । यसबाट बाडुलीको समस्या तुरुन्त रोकिन्छ । यसका साथै बिस्तारै श्वास लिँदा पनि आराम मिल्छ ।
बिस्तारै खानुहोस्
कहिलेकाही हामी खाना ठीकसंग खाँदैनौं, जसको परिणाम बाडुली लाग्न सुरु गर्छ । खानाको टुक्राको बीचमा हावा मिसिनाले बाडुलीको समस्या सुरु हुन्छ । बिस्तारै खानाले हावा पस्न पाउँदैंन र बाडुली लाग्दैन ।
चकलेट पाउडर
बाडुली लाग्न थाल्नेबित्तिकै चकलेट पाउडर एक चम्चा खानहोस् । यसबाट केहीसमयमै बाडुली रोकिन्छ ।
Wednesday, January 13, 2016
कसरी रोक्ने बाडुली ?(How to stop Hiccup?)
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment