फेरीदो जीवनशैली र अस्वस्थकर खानपिनका कारण नेपालमा मधुमेहका बिरामी बढेसँगै आँखाको ज्योती गुमाउनेको संख्यामा समेत वृद्धि हुन थालेको छ । मधुमेहका बिरामीमा आँखाको समस्या दूईगुणा बढी र २५ औं गुणा बढी दृष्टिविहिन हुने सम्भावना हुन्छ ।
तिलगंगा आँखा प्रतिष्ठानले शुक्रबार आयोजना गरेको कार्यक्रममा चिकित्सकहरुले नेपालमा हरेक वर्ष मधुेमहका रोगी बढ्दै गएका र त्यसका कारण बिरामीको आँखामा समस्या देखिने क्रम पनि बढ्दै गएको बताए । उनीहरुले रोगी बढ्न थालेसँगै उपचारका लागि चाहिने उपकरण र मानव स्रोत पनिको कमी भएकोमा चिन्ता व्यक्त गरेका छन् ।
तिलगंगाका कार्यकारी निर्देशक डा. सन्दुक रुइतले मधुमेहले शरिरका अन्य अंगमा जस्तै आँखामा पनि गम्भिर असर गर्ने बताए । उनले सबै अस्पतालमा आवश्यक उपचार, उपकरण र दक्ष चिकित्क नुहदाँ समस्या बढ्दै गएकोमा चिन्ता व्यक्त गरे ।
शरीरका अन्य अङ्गमध्ये मधुमेहको मुख्य असर आँखाको पर्दाको रेटिनाका रक्तनसामा हुने भएकाले रेटिनामा रक्तश्राव हुने, सुन्निने, नयाँ र रक्तनसाहरुको विकास हुने हुदाँ समयमै उपचार नहुँदा पूर्णरुपमा आँखाको त्योति गुम्न सक्ने खतरा बढ्दै जाने अध्ययनले देखाएको छ । यस्तो समस्यालाई डाइबेटिक रेटिनोप्याथी भनिन्छ । नेपालमा अहिले सम्म १० लाख मानिस मधुमेहबाट प्रभावित भएको अनुमान छ । तिमध्ये धेरैमा आँखाको समस्या देखिएको चिकित्सकहरु बताउँछन् ।
मधुमेह रेटिनोपेथी कार्यक्रमका प्रमुख प्रा.डा. गोविन्द पौडेलले यो सङख्या बढ्दै गएको बताउदैँ आँखामा धेरै असर भएपनि व्यक्तिमा कुनै लक्षण नेखिने र दृष्टि धमिलो हुदाँ रेटिनामा धेरै क्षति भइ उपचार पछि पनि राम्रो दृष्टि फर्काउन नसकिने बताए ।
‘समयमै उपचार नभए आँखाभित्र अत्यधिक रक्तश्राव भई रेटिना खुम्चने र आँखाको चाप बढन गई दृष्टि पूर्णरुपमा गुम्न सक्छ’ उनले भने, ‘आँखामा धेरै असर भएपनि व्यक्तिमा कुनैपनि लक्षण नहुन सक्दछ र दृष्टि धमिलो हुदाँ रेटिनामा धेरै क्षति भैसक्ने हुदा उपचार पश्चात पनि राम्रो दृष्टि फर्काउन सकिदैन ।’
उनका अनुसार मधुमेह रोग पत्ता लाग्नासाथ र त्यसपछि नियमित रुपमा वर्षमा एक पटक आँखा परिक्षण गर्दा आँखाको असर समयमै पत्ता लगाउन सकिन्छ र गम्भिरता अनुसार समयमै लेजर उपचार गर्न सकेको खण्डमा दृष्टि पूर्णरुपमा बचाउन सकिन्छ । यसको लागि रगतमा चिनीको मात्रा सधै नियन्त्रण र उच्च रक्तचाप र चिल्लोको अधिकताको उपचार र धुम्रपानबाट टाढै बस्नु पर्दछ । डाइवेटिक रेटिनोपेथी बचाउन सकिने अन्धोपना मध्ये एक महत्वपूर्ण रोग भएपनि संसारमा हुने अन्धोपन मध्ये पाँचौ स्थानमा पर्दछ र अन्धोपन मध्ये ४.८% यही डाइवेटिक रेटिनोपेथीले हुने गरेको छ । विकसित मुलुकहरुमा समेत काम गर्ने उमेर समूहमध्ये अन्धोपनको प्रमुख कारणको रुपमा यो रोग रहेको छ ।
नेपालमा मधुमेह रोग भयाभह रुपमा फैलिएको वीर अस्पतालका पूर्व नेत्र विभाग प्रमुख तथा नेपाल मधुमेह एसोसियशनका उपाध्यक्ष प्रा.डा. मधुरदेव भट्टराईले यसैगरि मधुमेहका रोगी बढ्ने हो भने आँखाका रोगीको नेपालमा सुनामी आउन सक्ने बताउँछन् ।
पाटन अस्पतालका डा. बुद्धि पौडेल गर्भवति मधुमेह रोग लागेसंगै बच्चामा हुने खतरा बढ्दै गएकाले आउने पिढिँको भविष्य अन्धकार हुने खतरा बढेर गएकोले सरकारले यस सम्बन्धि आफ्ना कार्यक्रमलाई बढाएर देशैभरि सञ्चालन गर्न आवश्यक रहेको बताए । फेरिड होलोस फाउन्डेशनका नेपाल प्रमुख डा. अनिल सुवेदीले यो कार्यक्रम बढाउदैँ लैजाने जानकारी दिए ।
तीलगंगा आँखा प्रतिष्ठानले तीन वर्षदेखि मधुमेह रेटिनोपेथी कार्यक्रम गरि जनतालाई मधुमेह र यसले आँखाको रेटिनामा देखिने समस्याबारे कार्यक्रम सञ्चालन गरेको छ । अब नेपाल सरकारसँग मिलेर यो कार्यक्रमलाई विस्तार गरीने प्रतिष्ठानले जनाएको छ ।

No comments:
Post a Comment