Thursday, December 31, 2015

रगतमा खराब कोलेस्टेरोल घटाउने सूत्र

– शाकाहारी खानामा कोलेस्टेरोलको मात्रा अति कम हुन्छ । त्यसैले अत्याधिक कोलेस्टेरोल र स्याचुरेटेड फ्याट ( गाढा बोसो ) भएका खाद्यपदार्थ मासु, कलेजो, मिर्गौला, अण्डाको भित्री भाग, दूध,घिउ, मख्खन कम उपयोग गर्ने ।
– रातो मासु नखाने । मासु पकाउँदा छाला र बोसो फाल्ने ।
– मासुमा पाइने प्रोटिनको बदला दाल, भटमास, सिमी, मटर आदि खाने ।
– सागपात, हरियो तरकारी, फलफूल, गहँु, खस्रो चामल र दाल बढी खाने ।
– ओमेगा थ्री फ्याटी एसीडयुक्त खाद्य पदार्थहरु जस्तै माछाको तेल, सिमी, बोडी, भटमास, ओखर, कागती, बदाम आदिबाट तयार पारिएका पदार्थहरु आहारमा प्रयोग गर्ने ।
– टर्रो स्वाद भएको खाघपदार्थ खाने

No comments:

Post a Comment