Thursday, December 24, 2015

खन्चुवा स्वभाव र रोक्ने तरिका


fitness-emotional-eating-THSकोही कोही मानिस जति खेर पनि खान मन पराउछन । मानौं उनीहरु केबल खानका लागि नै जन्मिएका हुन । अरु कोही भने औषत मानिसको भन्दा अलि बढी खाने अर्थात खन्चुवा स्व्भावका हुन्छन् । खानेकुरा धेरै खाने स्वभाव अवस्था र संंयोगमा पनि भर पर्छ । चाडपर्व वा पार्टी विशेष वा भोजमा आफ्नो मन धान्न नसकेर पनि आवश्यकता भन्दा बढी खान सक्छौ जुन खासै राम्रो आदत होइन् । सातोको अन्त अर्थात शुक्रबार साँझ घरमा नै फिल्म हेर्दै  वर्गर र मदिरा पिउदा कति खायौ भन्ने हेक्का नै हुदैन ।
कहिले काही सारै निराश हुँदा पनि के गरौ भन्ने हुोला । त्यसपछि तपाईको ध्यान मदिरा र मासुतर्फ मोडिएला । तपाईले राम्रो सफलता हासिल गर्नु भयो । मनमा झट्ट फुर्ला, आज ठ्रूलो पार्टी दिन्छु । राम्रो जागिर मिल्यो भने दिमागमा ‘पिजा पार्टी’ ले डेरा जमाउला । त्यस्तै तलब बुझेको दिन छ भने विशेष खाना खाने योजना फुर्ला । यस्तै विषयले हामीलाई खन्चुवा बनाइरहेको हुन्छ । खुसी हुँदा वा दुःखि हुँदा त्यसको झोक खानामा फेरेका हुन्छौ जसलाई हामी ‘इमोसनल इटिङ’ भनिन्छ । तर यसरी लहडमा खानु स्वास्थ्यका लागि भने फाइदा होइन । विज्ञहरु यसलाई असन्तुलित भोजन बताउछन् ।
कसरी लाग्छ भोक
दिक्क लाग्दा वा निराश हुँदा खेरी क्षणिक आनन्द र खुसी लुट्न खाइने खानालाई इमोसनल इटिङ भनिन्छ । तनाब बढ्दा कसरी लाग्छ भोक ? यसमा पनि हर्मोनले भूमिका खेलेको हुन्छ । जब अत्यधिक तनाब हुन्छौ भोक लाग्ने तत्व कोर्टिसल र घेरलिन निस्कासन हुन्छ अनि हामीलाई भोक बढाइदिन्छ र के खाउ के खाँउ हुन्छ । हामी खुसी हुँदा भन्दा दुखी हुदा यो हर्मन बढ्ने वैज्ञानिकहरु बताउछन् । त्यसो त दुःख पर्दा हामीलाई खान रुची हुदैन भन्ने आम मान्यता विपरित वैज्ञानिकहरु दुःखी हुँदा मानिसले पनि राम्रो र मिठो परिकार खाइन्छ भन्ने बताउछन् । जति धेरै खान्छौ त्यति नै हाम्रो शरिरमा क्यालोरिको मात्रा बढ्छ र अनावश्यक तौल बढ्छ । तसर्थ हामीले खाँदा सोचबिचार गरेर खानुपर्छ जसलाई ‘माइन्डफुल इटिङ’ भनिन्छ ।
ध्यान अर्कोतर्फ मोड्नुहोस
जब तपाई अत्यधिक तनाबग्रस्त वा चिन्तित बन्नुहुन्छ संगीत वा अन्य कुनै गतिविधिमा दिमागलाई डाइर्भट गर्नुहोस ताकी तपाईको मन खाना खानेतिर नजाओस। चित्र, अध्ययन, वा वगैचामा बस्दा पनि तपाईलाई क्षणिक शान्त मिल्नुका साथै आवगेमा आउनबाट जोगाउछ । रमाईला कुराहरुमा आफ्नो ध्यान मोडेर आफ्नो खन्चुवा स्वभावलाई नियन्त्रण गर्न सकिन्छ ।
तपाइले के खाना खानुहुन्छ भन्ने बारेमा सोच्नुहोस
आफ्नो अगाडि स्वादिलो बासनादार तातो खिर वा चकलेट केक काट्दा तपाईको मुटु पग्लिने र आफ्नो मन धान्नै नसक्ने अवस्थामा पुग्न सक्नुहुन्छ । मिठो परिकार देख्नेवित्तिकै मुख रसाउने र हात अगाििड बढाउन थाल्नुहुन्छ । यो एउटा मानवीय स्वभाव पनि हो । यस्तो अवस्थामा तपाईका आँखाहरु बन्द गर्नुहोस । गहिरो स्वास लिनुहोस र तपाईलाई लोभ्याउने खानाको बारेमा केही मिनेट सोच्नुहोस ।  शान्त हुनुहोस । अनि बिस्तारै आफ्नो काममा फर्किनुहोस । तपाईमा मिठो खानाप्रतिको आशक्ति विस्तारै घट्छ ।
खाएको कुरालाई आनन्द लिनुहोस
खाना पाउनेवित्तिकै छिटोछिटो निल्नुको सट्टा बिस्तारै चपाएर स्वाद लिनुहोस । हरेक गास चपाउदा यसबाट आनन्द र पूर्ण सन्तुष्टि लिनुहोस । यस उपायले पनि तपाईलाई धेरै खानबाट रोक्न सक्छ ।
विस्तारै खानुहोस
राम्रोसँग चपाएको खानले पाचन पक्रियामा मात्र सहयोग पु¥याउदैन यसलेथोरै खान पनि सहयोग पु¥याउछ, ताकि तपाईको तौल पनि घट्छ । जब तपाई विस्तारै खानुहुन्छ तपाईको दिमागले  तपाईलाई पूर्ण सन्तुष्टि दिएको संकेत गर्छ । जसका कारण तपाई धेरै खानबाट बचाउछ ।
ध्यान दिएर शान्तपूर्व खानुहोस
कतिपयको टेलिभिजन हेर्दै वा फोन चलाउदै खाने बानी हुन्छ । यसरी खानु राम्रो होइन । मानिसले अर्कै कुराप्रति ध्यान दिएर खाँदा धेरै खाने आदत बस्छ । फिल्म हेर्दा वा फोन चलाउदा आफूले कति खाए भन्ने केही थाहा हुदैन । यसरी खाँदा खानाको स्वाद र सन्तुष्टि नै मिल्दैन । तसर्थ खाना खादा जहिले पनि ध्यान दिएर शान्तपूर्वक खानुपर्छ ।
भोग लागेपछि मात्र खाने
अरु कसैले खाएको देख्दा आफूलाई पनि खाउ खाउ लाग्छ तथापी भोक नलागेको किन नहोस । यसले पनि तपाईलाई खञ्चुवा बनाउछ । अरुले खाँदा सकभर त्यता ध्यान नदिनु नै राम्रो हुन्छ । धेरै खादा तपाईको पेटमा भार मात्र हुने होइन की अल्छि र कम्जोर पनि बनाउछ । तसर्थ भोक लागेपछि मात्र खानुहोस । अरुले खाउ भन्दैमा वा कर गर्दैमा नखानुहोस । पानी खाएर पनि केही समय भोकलाई शान्त पार्न सकिन्छ ।

No comments:

Post a Comment